१६ भदौ, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन । उनले भने “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।” नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८ आँैं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गद उनले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १५, २०७४