१४ भदौ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका १० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । कर्मचारीको मिलेमतोमा काठमाडौं जिल्ला साबिकको गोठाटार, बालुवा, मुलपानी, विष्णु गाविस लगायतका स्थानमा रहेका जग्गाको गैरकानुनी श्रेस्ता तयार गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तीर्खाराम अर्यालसहित कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बा सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी, कम्प्युटर अपरेटर लक्ष्मण प्रसाद खतिवडा र खरिदार दीव्य राज घिमिरेविरुद्ध मुद्दा गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४