८ भदौ, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पकट रक्सी खाएर गाडी चलाउने तीन सय ३४८ जनाको चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ । महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले पाँचाैँ पटकसम्म लाइसेन्समा प्वाल पार्ने र छैटौं पटकमा पनि रक्सी खाएर गाडी चलाउने चालकको लाइसेन्स निलम्बन गर्ने गरिएको बताउनुभयो । महाशाखाले विस २०६९ मंसिर २२ गतेदेखि रक्सी खाएर गाडी चलाउने चालकको लाइसेन्स प्वाल पार्न थालेकामा अहिलेसम्म एक लाख ४६ हजार चार सय ९६ चालकको लाइसेन्स प्वाल पारिसकेको छ । जसमा पहिलोपटक प्वाल पर्ने एक लाख १० हजार २१, दोस्रोपटक २४ हजार चार सय ३७, तेस्रोपटक सात हजार ९ सय ५४, चौथोपटक दुई हजार सात सय ५३ र पाँचौं पटक ९ सय ७८ जना चालक पुगेका छन् । महाशाखाले आर्थिक वर्ष २०६९र७० मा २२ हजार दुईसय ७२, २०७०र७१ मा ४८ हजार ६ सय ६९, २०७१र७२ मा ३१ हजार आठ सय २४, २०७२र७३ मा २४ हजार एक सय दुई र २०७३र७४ मा १९ हजार ६ सय २४ जना चालकको लाइसेन्समा प्वाल पारेको जनाएको छ । महाशाखा प्रमुख खनालले पछिल्लो समयमा रक्सी खाएर गाडी चलाउने चालकको संख्यामा कमी भएको बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, भदौ ७, २०७४