३१ साउन, काठमाडौँ । बाढी पहिरो प्रभावितका लागि चीन सरकारले १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौंमा मंगलबार सुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले बाढी पहिरोका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायता स्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरे । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन । लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४