३१ साउन, काठमाडौँ । नेपाल र चीनबिच आज तीन सम्झौतामा हस्ताक्षर हुँदैछ । भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम, ग्यास र खानी अन्वेषणका लागि सर्वेक्षण अनि नेपालमा चिनियाँ लगानी भित्राउने सम्बन्धी छुट्टाछुट्टै तीनवटा सम्झौतामा हस्ताक्षर हुन लागेको छ । चीनका उपप्रधानमन्त्री वाङ याङको नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा यी सम्झौता हुन लागेका हुन् । उनले आज उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम छ ।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४