२६ साउन, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको भन्दै उहनीहरुले भूकम्पपीडित जनताको गुनासा सम्बोधन गर्न माग गरे । सांसदहरुले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न, मौसमी रुघाखोकीका बारेमा आम जनतालाई सचेत बनाउन र चेलीबेटी बेचबिखन रोकथाम गर्न सरकार असफल भएको समेत आरोप लगाए । यसरी आफ्नो धारणा व्यक्त गर्नेमा अञ्जनी श्रेष्ठ, अञ्जना चौधरी, आनन्दप्रसाद पौडेल, अनारकली मियाँ, अनिता देवकोटा, अफिलाल ओखेडा, अमनलाल मोदी, अम्मरसिंह पुन, अमृतकुमार बोहरा, आदित्यनारायण कसौधन, उदयशम्शेर जवरा, कलेशादेवी महरा, केदारप्रसाद सञ्जेल र केशरी घर्ती मगर लगायत छन ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७४