२४ साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रअन्तर्गतका आठ वितरण केन्द्रमा मात्रै १७ करोड १९ लाख २२ हजार ५४ युनिट विद्युत् खेर गएको छ । आर्थिक वर्ष २०७३र७४ मा हेटौँडा वितरण केन्द्रलाई एक अर्ब ११ करोड ७२ लाख तीन हजार ९६ युनिट विद्युत् उपलब्ध गराएको थियो दशमलव त्यसमध्ये उक्त परिमाणको विद्युत् खेर गएको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त गरेको छ । चुहावट नियन्त्रणको प्रयास निरन्तर अगाडि बढे पनि उल्लेख्य मात्रामा चुहावट भइरहेको भन्दै आगामी छ महिनाभित्र परिणाम देखिने गरी चुहावट नियन्त्रण नगरे सम्बन्धित वितरण केन्द्र र क्षेत्रीय प्रमुखलाई कारबाहीको दायरामा ल्याउने प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रीय कार्यालयलाई आव २०७२र७३ मा ८१ करोड ३१ लाख ८१ हजार ७२५ युनिट विद्युत् उपलब्ध गराएकामा १४ करोड ८४ लाख ४७ हजार ९७४ युनिट विद्युत् खेर गएको छ दशमलव गएको आर्थिक वर्षमा क्षेत्रीय कार्यालयले ६६ करोड ४७ लाख ३३ हजार ७५१ युनिट विद्युुत् बिक्री गरेको थियो । प्राधिकरणका अनुसार गौरमा तीन करोड ७६ लाख ५२ हजार ५८१ युनिट विद्युत् खेर गएको छ दशमलव सिमरामा एक करोड ३० लाख नौ हजार ८१७ युनिट, पालुङमा ११ लाख ६८ हजार ६८९, वीरगञ्ज चार करोड ३० लाख ७८३, कलैयामा चार करोड एक लाख ७५ हजार ५८४, हेटौँडामा एक करोड ८७ लाख ५९ हजार ५४६, टाँडीमा ८३ लाख १० हजार ७२१ युनिट र भरतपुरमा ९८ लाख ४४ हजार ३३३ युनिट विद्युत् खेर गएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौँडा क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रले दुई प्रतिशत चुहावट घटाउनु भनेको अन्य क्षेत्रीय कार्यालयको तुलनामा दश प्रतिशतभन्दा बढी हुने भएकाले जुनसुकै शर्तमा पनि चुहावट नियन्त्रण गर्नुपर्ने बताउनुभयो दशमलव प्राधिकरणले कलैया वितरण केन्द्रलाई दिएको योजनाअनुसार चुहावट घटाउन असफल भएको छ दशमलव सो वितरण केन्द्रको आव २०७२र७३ मा ५० दशमलव ३६ प्रतिशत चुहावट रहेकामा आव २०७३र७४ मा ६ दशमलव ७० प्रतिशत बढेर ५६ दशमलव ७० पुगेको छ ।
चुहावट नियन्त्रणको कोटा पुग्यो, परिणाम देखिएन
प्राधिकरणले सो क्षेत्रीय कार्यालयले गत असोजमा चुहावटको मात्रा दुई प्रतिशत घटाउन निर्देशन दिएकामा सो योजना पूरा गरेको छ दशमलव आव २०७२र७३ मा १८ दशमलव २६ प्रतिशत चुहावट रहेकोमा आव २०७३र७४ मा १५ दशमलव ३९ प्रतिशत कायम गर्न सफल भएको छ । सो क्षेत्रीय कार्यालयले तीन प्रतिशत चुहावट घटाउन सफल भएको छ दशमलव सबैभन्दा बढी चुहावट हुने गौर वितरण केन्द्रले ८ दशमलव ०५ प्रतिशत घटाएको छ दशमलव आव २०७२र७३ मा सो वितरण केन्द्रको चुहावट ५३ दशमलव ५१ प्रतिशत रहेकामा आव २०७३र७४ मा ४५ दशमलव ४६ प्रतिशत चुहावट भएको छ । तोकिएको कोटा मात्रै पूरा गर्ने प्रवृत्तिले परिणाम प्राप्त हुन नसक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ दशमलव आव २०७३र७४ मा सिमरामा ४ दशमलव ७३ प्रतिशत, पालुङमा २० दशमलव ३४, वीरगञ्जमा १३ दशमलव ४६, हेटौँडामा ११दशमलव५१, टाँडीमा १४ दशमलव १३ र भरतपुरमा ६दशमलव५९ प्रतिशत विद्युत् चुहावट भएको क्षेत्रीय प्रमुख अनिरुद्र श्रीवास्तवले बताउनुभयो । स्थानीय प्रहरी प्रशासनको सहयोगमा हुकिङ, अवैध चोरीजस्ता नियन्त्रणको प्रयास अगाडि बढे पनि गुणात्मक परिवर्तन नआउनु दुःखद् रहेको भन्दै आगामी दिनमा थप चुनौती महसुस गर्दै काम गर्ने बताउनुहुन्छ क्षेत्रीय प्रमुख श्रीवास्तव दशमलव प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कलैया वितरण केन्द्रले चुहावट नियन्त्रणमा असफल किन भएको भन्नेमा उक्त वितरण केन्द्रका प्रमुखसँग सोधखोज भएको बताउनुभयो । सो वितरण केन्द्रअन्तर्गत हेटौँडा, वीरगञ्ज औद्योगिक कोरिडोरसमेत रहेकाले चुहावट बढी देखिनु स्वभाविक रहेको प्राधिकरणको बुझाइ छ दशमलव तर औद्योगिक फिडरमा जडान गरिएको ‘टिओडी मिटर’ अध्ययनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ दशमलव सामान्य चोरीभन्दा औद्योगिक चोरीको मात्रा बढी हुने भएकाले त्यसतर्फ विशेष ध्यान दिइएको घिसिङको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४