१९ साउन, काठमाडौँ । देशमा यस वर्ष ५० खर्ब रुपैयाँ बराबरको लेखापरीक्षण हुने भएको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार लेखापरीक्षण गरिने यो रकम मुलुकको बजेटको झन्डै पाँच गुणा बढी हो । ५ हजार ५ सय सरकारी कार्यालयको ५ हजार अर्ब रुपैयाँ बराबरको लेखापरीक्षणको काम सुरु गरेको कार्यालयले जनाएको छ । पहिलो चरणमा १० हिमाली र काठमाडौं उपत्यकाका तीन जिल्लाका कार्यालयको लेखापरीक्षण सुरु भएको छ । महालेखा परीक्षक टंकमणि शर्माले यो वर्ष सरकारी कार्यालयको १ हजार ५ सय अर्ब र संस्थानहरूको २ हजार ५ सय अर्ब रूपैयाँको लेखापरीक्षण हुने जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७४