१६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा बुझाएका हुन । माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि गरेकोे छन् ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७४