१५ साउन, रसुवा । रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ । क्लियरेन्स शुल्क वृद्धि गरिएपछि केहीदिनदेखि ठप्प बनेको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको हो । चिनिया क्षले सोमबारबाट मूल्य घटाएर सामान क्लियरेन्स गर्ने भएको छ । नेपाली पक्षले शुक्रबार केरुङस्थित चीनको जिलोङ काउन्टीका प्रशासन, भन्सार प्रमुख, स्थानीय भन्सार प्रतिनिधि र भन्सार एजेन्टसँग वार्ता गरेपछि सामान आयात हुने निश्चित भएको छ । रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुले सोमबारबाट सामान आयात हुने बताए । चिनियाँ भन्सार एजेन्टले नेपाली प्रतिकन्टेनर १५ सय आरएमबी क्लियरेन्स चार्ज लिने गरेकोमा बढाएर ५ हजार आरएमवी पुर्याएपछि केही दिनयता आयात ठप्प थियो ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४