१२ साउन, काठमाडौँ । साताको अन्तिम दिन बिहीबार सेयरबजार सामान्य अंकले बृद्धि भएको छ । सेयर बजार परिसुचक नेप्से १ दशमलव ५ अंकले बढेर १६४६ दशमलव ५३ अंकमा पुगेर बन्द भएको हो । बिहीबार कुल १ सय ४९ कम्पनीको एक अर्ब १५ करोड बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १४ करोड कम हो । विहीबारको बजारमा बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन । बिहिबार बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबार अवधिको मध्यतिर पुग्दा सम्हालिएर उकालो लागेको थियो । बिहिबार वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १३ अंकले बढेपछि नेप्से घट्न पाएन, विकास बैंक, होटल, उत्पादन र अन्य समूहका सूचक समेत बढेका छन् । बीमा समूहको सूचक घटेपनि कारोबार रकममा भने वाणिज्य बैंक समूहलाई उछिनेको छ । यसदिन वाणिज्य बैंक समूहमा २२ करोड बराबरको कारोबार हुँदा बीमा समूहमा ५३ करोड बढीको कारोबार भयो ।
विहीबारको कारोबारमा प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर किनबेच भयो । प्राइम लाईफ इन्स्योरेन्सको पनि ५ करोड बढीको सेयर किनबेच भएको छ । सगरमाथा इन्स्योरेन्स, नेपाल लाईफ, नेशनल लाइफ लगायतका कम्पनी उच्च कारोबार गर्नेको सूचिमा अगाडि रहेका छन । त्यसैगरी काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । मेरो माइक्रोफाइनान्स, ओरेन्टल होटल लगायतको सेयरमूल्य बढेको छ । अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य पनि घटेको छ । बजार खुलेको झण्डै डेढ घण्टापछि नेप्सेको वेभसाइट खुल्दा कारोबार अवधिभरी बजारबारे सहज जानकारी गानीकर्ताले लिन सकेनन् । बजार खुल्नासाथ ओरालो लागेको नेप्से कारोबार अवधिको मध्यतिर पुग्दा सम्हालिएर उकालो लागेको थियो । मध्यतिर बजार ७ अंक बढीले उकालो लागेपनि बन्द हुने समयसम्म आइपुग्दा डेढ अंक माथि खुम्चिएर बन्द भएको हो ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७४