९ साउन, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । उनले आयोगको टोलीले उपमहानिर्देशक सिंहलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७४