९ असार, काठमाडौँ । एनसेलका ग्राहकले नेपालबाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहककालागिआकर्षक ‘इन्टरनेशनल कल प्याक’ल्याएको छ, जसअन्तर्गत एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा कर सहितमात्र रु २.५० प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् ।
यहिशुक्रबार ९असार ९० गते देखि लागु हुने यस कलप्याक योजनाअन्तर्गत एनसेलका सबै ग्राहकले कर सहित रु २५ मा १०मिनेट अन्र्तराष्ट्रिय टक टाइमबाट फाइदालिन सक्नेछन् । यो टक टाइम ग्राहकले भारत, चीन, अमेरिका, युके, क्यानडा, हङकङ, अस्ट्रेलिया, जापान, जर्मनी, सिङ्गापुर, दक्षिण कोरिया, बङ्गलादेश, साइप्रस, भुटान, फ्रान्स, स्पेन, डेनमार्क, इजराइल, बेल्जियम र इटालीमा सुलभ दरमा कुरा गर्न प्रयोग गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत सुलभ दरमा अन्तर्राष्ट्रिय कलको लाभ लिन एनसेलका ग्राहकले १७१०७ डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी ग्राहकले एस्ट्रिक्स१७१०७ह्यास डायल गरी निर्देशन अनुसार वा अंग्रेजी १० टाइप गरी १७१०७ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् ।
“विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाईसँग सुलभ दरमा सजिलै सम्पर्कमा रहनयोगदान पुर्याउने यो इन्टरनेशनल कल प्याक ल्याउन पाउँदा हामी हर्षित छौ । लोकल कलको दरमा विदेशमा कुरा गर्न सकिने यो प्याकले ग्राहकलाई थप लाभ प्रदान गर्नेमा हामीविश्वस्त छौ,”एनसेलका संवाद विज्ञ मिलनशर्माले भने । प्याकअन्तर्गत अन्तर्राष्ट्रिय कलको लागिप्राप्त टक टाइम सकिएपछि सम्बन्धित देशको लागि नेपालबाट कलगर्दा लाग्ने विद्यमान शुल्कलाग्नेछ । ग्राहकले एनसेलको आधिकारीक वेबसाइटमा गएर विभिन्न देशका लागिलाग्ने कलको शुल्क हेर्न सक्छन् । यस इन्टरनेशनल कल प्याकमा उपलब्ध टक टाइम २४ घण्टाको लागि मान्य हुनेछ । यस प्याकको लागिपल्स रेट ३० सेकेण्डको रहनेछ र ग्राहकले आफ्नो बाँकी रहेको टक टाइमकोे जानकारी लिनकालागि एस्ट्रिक्स १०१ह्यास डायल गर्न सक्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असार ८, २०७४