४ असार, काठमाडौँ । एशीयाली पूर्वाधार लगानी बैंकले नेपालमा १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको बताएका छन । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले यस वर्षभित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अर्ब र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अर्ब रकम उपलब्ध गराउने छ । बैंकले काठमाडौंको सामाखुशी–टोखा सडक स्तरोन्नतिका लागि २२ आर्ब, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अर्ब, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अर्ब रकम उपलब्ध गराउने अर्थमन्त्री कार्कीले जानकारी दिए । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्किएका मन्त्री कार्कीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै लगानीको जानकारी दिएका हुन । एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो ।
प्रकाशित मिति: आइतबार, असार ४, २०७४