२ असार, काठमाडौं । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसा घटाएको हो । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ । यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । यस्तै डिजेल र मट्टितेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो । एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन ।
प्रकाशित मिति: बिहीबार, असार १, २०७४