काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर कोरोना ५ सय ७० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।
यसैगरी आज ३ हजार १ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेका छन् । यसैगरी आज १४ सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतक संख्या ८ सय ७६ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७