२९ जेठ, काठमाडौँ । गहुँका दुईवटा उन्नत जातको विकास भएकोे छ । नेपाल कृषि अनुसन्धान परिषद नार्कले मुनाल र च्याखुरा नाम राखिएका दुईवटा जात छिटै सिफारिस हुने क्रममा रहेको जनाएको छ । नार्कका वरिष्ठ वैज्ञानिक तथा गहुँबाली विज्ञ डा. ध्रुवबहादुर थापाका अनुसार यी जात मध्यपहाड र उच्चपहाडको लागि उपयुक्त हुन्छ । अनुसन्धानको क्रममा दुवै जातको उत्पादन राम्रो हुने देखिएको उनले बताए । हालसम्म गहुँका ३९ वटा उन्नत जातको विकास भैसकेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०७४