काठमाडौं । आन्तरिक राजस्व विभागले कर बुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले बुधबार सूचना जारी गर्दै कर तिर्ने समय बढाएको हो ।
लक डाउनको अवधिमै सरकारले जेठ २५ गतेभित्र आयकर, म्याटलगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध जनाएका थिए ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीसँग छलफल गरेपछि सरकारले कर तिर्ने समय थपेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७