आगामी आर्थिक वर्षमा सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताएका हुन् ।
यसैगरी सरकारले केही पेट्रोलियम पदार्थको भन्सार शुल्कसमेत बढेको छ । हवाई इन्धन र एलपी ग्यासबाहेक पेट्रोलियम पदार्थको भन्सार शुल्कमा सामान्य वृद्धि गरिएको हाे ।
चुरोट, गुट्खा, पान मसला लगायतमा लाग्दै आएको स्वास्थ्य जोखिम करमा सामान्य वृद्धि गरिएको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७