काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
कुल विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत छ ।
चाल् चालु आवकाे तुलनामा याे बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत) विनियोजन गरिएको थियो।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड तथा वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाइने बजेटमा उल्लेख छ । यसैगरी आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री खतिवडाले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७