सरकारले पुष्पलाल राजमार्गको बाँकी निर्माण ३ वर्षमा सम्पन्न गर्नका लागि ८ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ ।
यसैगरी मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने पनि सरकारले घाेषणा गरेकाे छ । हुलाकी राजमार्गका लागि ७ अर्ब १ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याइएकाे छ ।
पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको छ ।
काठमाडौं–तराई फास्ट ट्रयाक ३ वर्षमा सक्नेगरी ८ अर्ब विनियोजन गरेकाे छ ।
प्रत्येक निर्वाचन क्षेत्र जोड्ने सडकका लागि ३ अर्ब ३० करोड बजेट विनियोजन गरेकाे छ ।
यसैगरी सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन गरिएकाे छ ।
ध्यपहाडी लोकमार्गमा जोडिएका सहर निर्माणका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७