सरकारले आगामी आवमा १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने घाेषणा गरेकाे छ ।
माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन र मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट थप १ हजार ३ सय मेगावाट विद्युत उत्पादन हुने बताइएकाे छ ।
विद्युत प्रशारण लाइन निर्माण गर्न ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएकाे छ भने ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब विनियोजन गरिएकाे छ ।
यस्तै वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्ब १३ करोड रुपैयाँ छुट्याइएकाे छ ।
गरिब र विपन्न परिवारलाई विद्यु जडान गर्दा निशुल्क जडान गरिने व्यवस्था मिलाइने छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७