सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेकाे छ ।
जेष्ठ नागरिकको आश्रमको मापदण्ड तोकिने र स्थानीय तहबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने सरकारले जनाएकाे छ । परिवारको संरचना नभएका जेष्ठ नागरिकलाई निःशुल्क औषधि उपचारकाे व्यवस्था गरिने छ ।
यसैगरी आगामी वर्ष सडक बालबालिका मुक्त देश बनाइने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । सदाका लागि बालश्रम अन्त्य गर्ने घाेषणा गरिएकाे छ ।
दुर्गम क्षेत्रका गर्भवती महिलाको हवाई उद्दारलाई निरन्तरता दिइने छ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंशा अन्त्य गरिने छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७