सरकारले विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। माध्यामिक तहसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी यो बजेट विनियोजन भएको छ।
सरकारले २६ लाख विद्यार्थीलाई यो रकम उपलब्ध गराइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका हुन्।
यसैगरी राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमा नै उत्पादन गर्ने बताएका छन् । त्यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने खतिवडाले बताए ।
त्यसका लागि साना तथा मझौला उद्योगलाई विकास र विस्तार गर्न सीपको विकास र प्रोत्साहन गर्नका लागि बजेट व्यवस्था गरिएको मन्त्री खतिवडाले जनाए ।
स्वदेशी वस्तुको उपभोगका लागि स्वदेशी कपडा उद्योग, धागो उद्योगलाई प्रोत्साहन गरिने मन्त्री खतिवडाले जनाए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७