राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पुनरसंरचना गरी भूक्षय नियन्त्रण, क्षतिग्रस्त भूमिको पुनर्स्थापना कृषि वन बायोइन्जिनियरिङ सहितको तटबन्ध कार्यक्रमलाई तीव्रता दिइने भएको छ ।
चुरे क्षेत्रमा वर्षातको पानी उपयोग सहित सिमसार व्यवस्थापन र अति जोखिमयुक्त बस्तीको व्यवस्थापन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा व्यवस्था गरेका छन्।
यसका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसैगरी पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरिएकाे छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७