सरकारले कृषि क्षेत्रमा ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मलमा दिइने अनुदान रकममा वृद्धि गरी ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्रांगारिक मलको प्रयोगबाट उत्पादन भएको बालीलाई सरकार आफैंले ब्रान्डिङ गरी बजार पठाउने योजना ल्याएको छ।
दूध, तरकारी र मासुको उत्पादनमा आत्मनिर्भर हुने सरकारले लक्ष्य लिएको छ। कृषिमा श्रम परिचालन, यान्त्रीकरण र बजारीकरणसँगै सिचाईं, मल, बिउमा सहुलियत दिने योजना सरकारको छ ।
यसैगरी सरकारले आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७