सरकारले घातक रोगकाे निःशुल्क उपचारका लागि ४ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।
यस्तै केन्द्रीय अस्पतालबाट आकस्मिक स्वास्थ्य उपचार सेवा निःशुल्क गर्ने पनि बजेटमा समावेश गरिएको छ । यस्तै राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
त्यस्तै अर्थमन्त्री खतिवडाले सबै बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने बताए ।
यसैगरी सरकारले श्रम गन्तव्य मुलुकमा रोजगार गुमाएका नेपालीलाई स्वदेश फिर्ताका लागि बजेट व्यवस्था गरेको छ ।
सरकारले करिब २५ हजार नेपाली नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७