सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत् उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
यसैगरी मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने उल्लेख छ ।
खानेपानी र सिँचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाह हुने भएको छ । यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउने छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७