सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा खतिवडाले सबै खालका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइएको बताए । उनले सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने बताए ।
यसैगरी श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने भएको छ ।
सरकारले बजेटमार्फत नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७