काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
यसैगरी सरकारले स्थानीय तहमा अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको छ।
यस्तै, सरकारले निरोगी नेपाल अघि बढाउन सन्तुलित आहर स्वस्थ्य जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्न व्यामशाला योग केन्द्र चलाउने भएको छ। यसैगरी, सरकारले राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७