काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकाे छ ।
साेबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।
यसअघि अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो ।
अधिकारी लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६