काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये १ करोड रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।
संघले थप १ करोड रुपैयाँ कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६