काठमाडौं । सरकारले घोषणा गरेको कोरोना विरुद्धकाे कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सामान उपलब्ध गराइने घोषणा चौधरीले गरेका हुन् ।
‘नर्भिक / बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज़ उपलब्ध गराइने घोषणा गर्दछौं’, चौधरीले ट्विटमार्फत जानकारी गराएका छन् ।
नर्भिक अस्पताल नेपालकै ठूलाोमध्येको एक व्यवसायीक प्रतिष्ठान चौधरी ग्रुपले संचालन गरेको अस्पताल हो । अस्पतालका अध्यक्षसमेत रहेका चौधरीले आफ्नै नाममा प्रतिष्ठान पनि चलाउँदै आएका छन् ।
९ चैतको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसविरुद्धको तयारी र प्रतिकार्यका लागि ५० करोडको कोष बनाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६