काठमाडाैं । धितोपत्र बजारमा आइतबार सेयर काराेबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा काराेबार मापक नेप्से परिसूचक १८.२० अंकले घटेर एक हजार २५१.४५ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ । घटेको बजारमा काराेबार रकम पनि घटेको छ । कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता सेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए ।
काराेबार भएका कूल ११ उपसमूहमध्ये तीन समूहको सेयर उकालो लाग्यो भने आठ उपसमूहको सेयर घट्यो । होटल ५२.९९, निर्जीवन बीमा १.२६ र अन्य ७.२८ ले बढेको छ । यस्तै बैंकिङ २७.१३, व्यापार १०.५६, विकास बैंक १५.६७, जलविद्युत् ४.८७, वित्त ०.१७, उत्पादन २९.३, लघुवित्त १७.९४ र जीवन बीमा १०३.९८ ले घटेको छ ।
काराेबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु दुई करोड ८१ लाख ७० हजार बराबरको काराेबार भयो । यस्तै, एनएमबी बैंक रु एक करोड ९६ लाख ८६ हजार २६४, हिमालयन डिस्टिलरी रु एक करोड ४५ लाख ३१ हजार ८३५, एनआइसि एशिया बैंक रु एक करोड ११ लाख ३९ हजार ९८५ र नबिल बैंक रु एक करोड सात लाख ११ हजार ८८४ बराबरको काराेबार भई शीर्ष स्थानमा रहेको नेप्सेले जनाएको छ ।
यस्तै काराेबारका आधारमा जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले ९.६९ प्रतिशतले कमाए । अपि पावर कम्पनी ७.४१, सेन्ट्रल फाइनान्स ७.०२, सिभिल लघुवित्त ५.८९, सोल्टी होटल ५.०६ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए ।
यस्तै, गुह्यश्वरी मर्चेन्ट ९.३७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक सेयर ६.८६, एनसिसी बैंक ६.१३, फष्ट माइक्रोफाइनान्स ५.२५, नेशनल लाइफ इन्स्योरेन्स ४.७७ र प्राइम बैंककासेयरधनीले ४.५४ प्रतिशतले गुमाए ।
आज बजार खुल्नुअगाडि बजार नखुलाउन आग्रह गर्दै लगानीकर्ताले नेप्सेको व्यवस्थापनलाई ध्यानाकर्षण गराएका थिए तर नेप्सेको सञ्चालक समितिले स्पष्ट निर्देशन नआएको भन्दै बजार खुल्ने बताएको थियो । सोही अनुसार कोरोना त्रासका बीचमा पनि बजारमा नियमित काराेबार भएको हो । रासस
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६