कैलाली । कैलालीको गोदावरीमा अज्ञात वस्तु विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ ।
तामा जस्तो देखिने अज्ञात वस्तु विस्फोट हुँदा गोदावरी नगरपालिका वडा नम्बर ४ फुलबस्तीका अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।
दाउरा लिन जंगल गएका विकले तामाको जस्तो देखिने वस्तु घरमा ल्याएर जलाउन खोज्दा विस्फोट भएर उनको घटनास्थलमै मृत्यु भएको नगरपालिकाका प्रमुख हरिसिंह साउदले जनाकाी दिए ।
विस्फोट भएर मृत्यु भएको खबर आएको छ। हाम्रो टोली घट्नास्थलतर्फ गइसकेको छ’, उनले भने, घटनाको विस्तृत विवरण टोली नपुगी भन्ने अवस्था छैन । तर, बमजस्तो देखिने वस्तु हो भन्ने आएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको टोली पठाइएको र घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने उनले जनाए ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६