रंगेली । एकका लागि सबै, सबैका लागि एक" भन्ने मूल नाराका साथ माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मेलिना गेस्ट हाउसमा शुक्रबारदेखि भएकाे सहकारी व्यवस्थापनका लागि ६ दिने आधारभूत तालिम सम्पन्न भएको छ ।
रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका सहकारीमध्येे सफल र उत्कृष्ट व्ययवसाय गरिरहेका २५ सहकारीका प्रतिनिधिलाई समावेश गरेर तालिम दिइएकाे हाे ।
समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ माेरङका अध्यक्ष डिल्ली पाेख्रेल अतिथि राकेश दाहाल, सद्भाव बचतका अध्यक्ष एवम् इन्जिनियर कमलेश्वर ठाकुर, रामनारायण मण्डल, विभिन्न सहकारीका सदस्य लगायतकाे समेत उपस्थिति थियाे ।
सहकारी सञ्चालन गर्ने ब्यक्तिलाई सहकारीका बारेमा जानकारी नहुँदा पछिल्लो समयमा धेरै सहकारी संस्था बन्द भएको हुनाले यस्तो प्रकारको आधारभूत तालिम आवश्यक भएकाे बताइएकाे छ ।
उक्त तालिममा प्रशिक्षक नरेन्द्र पराजुली, रमेश ढकाल, हर्कुलस पाेख्रेललगायतले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा सहभागीहरुका तर्फबाट प्रमुख अतिथि, अतिथि तथा पत्ररकार रवीन्द्र बराललाई समेत मायाकाे चिनाे र दाेसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६