७ जेठ, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकास्थित बरुवा नदी तथा त्रियुगा नदीको मानवबस्ती क्षेत्र र वन जङ्गल क्षेत्रका अतिसंवेदनशील स्थानबाट अहिले केही ट्र्याक्टर व्यवसायी र केही लोडर सञ्चालकहरूले फेरि अवैध तरिकाले बालुवा, गिट्टी, रोडा र ढुङ्गा झिक्ने कार्य गर्न थालेका छन् । विगतमा पनि यी संवेदनशील स्थानबाट ट्र्याक्टर व्यवसायीले मनपरी ढुङ्गा, गिट्टी र रोडा अवैध तरिकाले झिक्ने र बिक्री गर्ने गर्दै आएका थिए । प्रहरी, प्रशासनको सक्रियतामा यो कार्य नियन्त्रण भए तापनि अहिले स्थानीय चुनावको मुखमा आएर प्रहरी प्रशासन तथा राजनीतिक दलको ध्यान अन्यत्र गएको मौका पारेर फेरि ट्र्याक्टर व्यवसायीले मनपरी तरिकाले ढुङ्गा, रोडा र गिट्टी निकाल्न थालेका छन ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०७४