काठमाडाैं । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुने क्रम बिहीबार पनि जारी रह्यो ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ३६.०५ अंकले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अंकले बढेर ३४७.६८ मा पुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।
नेप्सेमा भारी वृद्धि हुँदा काराेबार रकम झण्डै साढे ४ अर्ब पुगेको छ । आज कुल १८० कम्पनीका १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयर ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २५१ मा खरिदबिक्री भए ।
नेप्सेमा भारी वृद्धि हुँदा काराेबार भएका कुल १२ मध्ये ३ उपसमूहको सेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अंकले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको सेयर १६.४५ अंकले बढेको छ ।
व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अंकले घट्यो ।
काराेबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो । यस्तै एनआइसी एसिया बैंकको २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको १५ करोड ७० लाख ६१ हजार २३८, नबिल बैंकको १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको सेयर ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिदबिक्री भयो ।
आज सबैभन्दा बढी एभरेस्ट बैंकका सेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसबिआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एसिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।
परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका सेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६.१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका सेयरधनीले ४.८१ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६