काठमाडाैं । आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक आज भने थामिएको छ ।
आइतबार ७० अंकले बढेको नेप्से आज २ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आज १.९६ ले घटेर १ हजार ५ सय २.१८ भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.४९ ले बढेर ३ सय १८ मा पुगेको छ ।
नेप्से झिनो अंकले घटे पनि काराेबार रकम भने ३ अर्बभन्दा माथि छ । कुल १ सय ७९ कम्पनीको कुल ८३ लाख ४८ हजार २ सय ३४ कित्ता सेयर ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २ सय ७८ बराबरको काराेबार भएको छ ।
काराेबार भएका कुल १२ उपसमूहमध्ये आज ३ उपसमूहको मात्रै सेयर बढेको छ । बैंकिङ ४.७६, उत्पादन २३.३९ र अन्य उपसमूह ९.०४ ले बढ्दा व्यापार १५.४२, होटल २२.६५, विकास बैंक १६.३२, जलविद्युत् ११.५८, वित्त २.३९, निर्जीवन बीमा २२०.८८, लघुवित्त ३२.०३, जीवन बीमा ४.७३ र सामूहिक लगानी कोष ०.०४ ले घटेको छ ।
काराेबारका आधारमा आज एनएमबी शीर्ष स्थानमा रह्याे । सो बैंकको २० करोड ४३ लाख ३४ हजार ७३ बराबरको काराेबार भएको छ । यस्तै शिवम् सिमेन्ट १३ करोड ५ लाख २ हजार ७ सय १३, शिखर इन्स्योरेन्स कम्पनी १२ करोड २४ लाख ४२ हजार ७ सय १४, प्रिमियर इन्स्योरेन्स कम्पनी ११ करोड ८६ लाख ८६ हजार ६ सय ४२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १० करोड ६४ लाख ६२ हजार ५ सय ९०, एनआइसी एसिया बैंक १० करोड ४४ लाख २० हजार ८ सय ९ र हिमालयन डिस्टिलरी १० करोड २२ लाख ४ हजार ८ सय ९७ बराबरको काराेबार भई शीर्ष स्थानमा रहे ।
कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक १०, मञ्जुश्री फाइनान्स ९.५७, युनियन हाइड्रोपावर ९.३८, आरएसडिसी लघुवित्त ६.७५, नेपाल हाइड्रो ६.२५, एनएमबी बैंक ४.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकका सेयरधनीले ३.८८ प्रतिशतले कमाए ।
त्यस्तै गुह्यश्वरी मर्चेन्ट बैंक ७.५३, प्रिमियर इन्स्योरेन्स ७.१५, पु्रडेन्सियल इन्स्योरेन्स ६.१९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ५.३१, सिभिल लघुवित्त वित्तीय संस्था ४.७४ र पोखरा फाइनान्सका सेयरधनीले ४.६५ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६