काठमाडाैं । पछिल्लाे समय लगातार कीर्तिमान बनाउँदै आएकाे सुनकाे मूल्यले साेमबार छलाङ मारेकाे छ । साेमबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार ५ सय रुपैयाँ बढेर ८० हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८० हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
यस्तै तेजाबी सुन पनि प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार रुपैयाँमा पुगेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा निर्धारण भएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो समय सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्न थालेपछि त्यसको असर नेपालमा पनि परेकाे हाे
फागुन १ गते छापावाल सुनको भाउ प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएकोमा १२ गते आइपुग्दा ४ हजार ३ सय रुपैयाँले बढिसकेको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ८ सय रुपैयाँ पुगेको थियाे भने तेजाबी सुन पनि प्रतितोला ७८ हजार ५ सय रुपैयाँ पुगेको थियाे ।
प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६