काठमाडाैं । साताकाे पहिलाे दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ ।
पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आइतबार उच्च अंकले बढेर १ हजार ५ सय माथिको विन्दुमा पुगेको हो ।
लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुपर्यो । लगानीकर्ता ओइरिएर सेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो । सोही कारण काराेबार सुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आज झण्डै ७० अंकले बढ्यो । ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर १ हजार ५ सय ४.१४ मा पुग्यो ।
यस्ते सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३ सय १७.५० मा पुग्यो । कुल १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता सेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ मूल्यमा खरिद बिक्री भए ।
काराेबार भएका सबै १२ उपसमूहको सेयर नै आज उकालो लागे । बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।
काराेबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्याे । सो बैंकको मात्रै १२ करोड ५६ लाख २१ हजार ७ सय ६६ बराबरको सेयर काराेबार भयो ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ११ करोड ८२ लाख ६४ हजार २ सय ६, शिखर इन्स्योरेन्स १० करोड ३७ लाख ४१ हजार २ सय ८१, हिमालयन डिस्टिलरी १० करोड ३४ लाख ६ हजार १ सय ३८, गरिमा विकास लघुवित्त वित्तीय संस्था ९ करोड ८२ लाख १ हजार ७ सय ६८, नागरिक लगानी कोष ९ करोड ७० लाख २८ हजार २ सय १ र प्रभु बैंकको ९ करोड ४६ लाख ३० हजार बराबरको काराेबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ९.९६, एनएमबी बैंक ९.९३, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.९२, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक ९.९१, मेगा बैंक ९.९१, आरएसडिसी लघुवित्त वित्तीय संस्था ९.८९ र एभरेस्ट बैंकका सेयरधनीले ९.८९ प्रतिशतले कमाए ।
त्यस्तै तारागाउँ रिजेन्सी होटल ५.६८, वरुण हाइड्रोपावर ५.०५, पञ्चकन्या माई हाइड्रोपावर चार, नेशनल हाइड्रोपावर ३.१२, जोशी हाइड्रोपावर ३.०७ र ओरियन्टल होटलका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६