काठमाडाैं । पछिल्लाे समय लगातार रेकर्ड कायम गर्दै आएकाे सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान कायम गरेकाे छ ।
बिहीबारको सुनको भाउले हालसम्म कायम भएको उच्च मूल्यको सबै रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको प्रतितोला मूल्य ७७ हजार ६ सय रुपैयाँ ताेकेकाे छ ।
बुधबार ताेलामा ७७ हजार १ सय रुपैयाँ रहेकाे मूल्यमा बिहीबार ५ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेकाे हाे ।
यस्तै बिहीबार तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ३ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउमा पनि बिहीबार वृद्धि भएको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ९ सय १५ रुपैयाँ पुगेको छ ।
चीनमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनको भाउ लगातार बढेको हाे । यो भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
कोरोना भाइरसका कारण अन्य लगानीका बजारमा नकारात्मक असर परेकाले सुनमा लगानी बढ्दा भाउ बढेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६