काठमाडाैं । रिचार्जरले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार ‘बिग सेल’ अफर सञ्चालन गर्ने भएको छ ।
बिग सेलका दिन रिचार्जरले २ सय २० रुपैयाँमा क्युएफएक्स सिनेमाको टिकट, ५ हजार २० रुपैयाँमा हेलिकोप्टर राइड, २ हजार २० मा टुर प्याकेज, २० हजार २० रुपैयाँमा अन्नपूर्ण बेसक्याम्पसम्मको हेलिकोप्टर राइडजस्ता आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ ।
शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल, ल्यापटप, टिभी, इलेक्ट्रोनिक्स आइटम र टुर प्याकेज उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
‘नाइट फुड’ र ‘ड्रिंक्स’ सर्भिस ७ बजेदेखि काठमाडौं उत्पत्यकाभित्र उपलब्ध हुने कम्पनीले जनाएको छ । मुभी टिकट खरिद गर्दा भने सुरुमा पूरा रकम भुक्तानी गरेको २४ घण्टाभित्र २ सय २० रुपैयाँबाहेकको रकम खरिदकर्ताले फिर्ता पाउने बताइएको छ ।
‘ह्याप्पी आवर’ अन्तर्गत प्रत्येक घण्टा रिचार्जरका प्रयोगकर्ताले ‘सरप्राइज अफर’ पाउने छन्। रिचार्जर डाउनलोड गर्नेमध्येबाट प्रत्येक साता १ जनालाई पोखरा सिटी भ्यूको हेली टुर प्याकेज उपलब्ध गराइने कम्पनीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
उनका अनुसार बिग सेलका दिन रिचार्जरमा ७० प्रतिशतसम्मको छुट पाइने छ ।
जनवरी २० तारिखमा बिग सेल मेला आयोजना गरेको रिचार्जरले भ्रमण वर्षभरी हरेक महिनाको २० तारिखमा मेला सञ्चालन गर्ने जनाएको छ । भ्रमण वर्ष २०२० को आधिकारिक ई-कमर्स प्लेटफर्मसमेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध हुने छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६