काठमाडौँ । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आज ४.६० ले वृद्धि भई १ हजार ३४५.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ ।
नेप्से सामान्य अंकले बढे पनि काराेबार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता सेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।
काराेबार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको सेयर ओरालो लागेको छ भने नौ उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ २.९८, विकास बैंक ८.३८ र जलविद्युत् ६.९९ बिन्दुले घटे । यस्तै व्यापार १३.४५, होटल ३.८७, वित्त ३.८२, निर्जीवन बीमा ८०.९७, उतपादन २४.४१, अन्य १०.१९, लघुवित्त ५५.६३, जीवन बीमा ५८.६३ र सामूहिक लगानी कोष ०.०४ ले वृद्धि भएको छ ।
काराेबारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको सेयर काराेबार भयो । यस्तै शिवम् सिमेन्ट रु नौ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको काराेबार भई शीर्ष स्थानमा रहे । रासस
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६