३ जेठ, काठमाडौं । प्रहरीले प्रतिबन्धित भारतीय रुपैयाँ ओसार पसार गर्ने भारतीय नागरिकसहित १५ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट २ करोड बढी रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । एक हजार दरका ८ हजार ५०१ थान भारु नोट र पाँच सय दरका २६ हजार ३२० वटा नोट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत घर भई हाल काठमाडौं बस्ने अंकुर अग्रवाल, दिनेश अग्रवाल र अनिल कुमार पन्साली छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०७४