काठमाडाैं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर १ हजार ३ सय ३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २ सय ८४.९९ मा झरेको छ । नेप्से ओरालो लागे पनि काराेबार रकम भने डेढ अर्बमाथि छ ।
कुल १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर १ अर्ब ५७ करोड १ लाख ६६ हजार १ सय ६३ रुपैयाँ मूल्यमा खरिदबिक्री भए ।
काराेबार भएका कुल १२ उपसमूहमध्ये आज ४ उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने ८ समूहको सेयर ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बीमा २८.७९ र अन्य ०.९ विन्दुले बढेको छ । त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बीमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ ।
नेप्सेका अनुसार काराेबारका आधारमा आज नेपाल इन्सुरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ७० लाख ६३ हजार ५३० बराबरको काराेबार भयो ।
नेको इन्सुरेन्स रु छ करोड १३ लाख ८४ हजार ३२७, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु चार करोड ५२ लाख सात हजार २७५, ज्योति विकास बैंक रु चार करोड ४० लाख ४२ लाख ९४५, गरिमा विकास बैंक रु तीन करोड ८० लाख ७९ हजार ४२९ र प्रभु बैंकको रु तीन करोड ७५ लाख ६२ हजार १३६ बराबरको काराेबार भई शीर्ष स्थानमा रहेको छ ।
नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका सेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाएका छन् । रासस
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६