काठमाडौँ । साताको दोस्रो दिन साेमबार पनि धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर १ हजार ३ सय ४९.१३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.१६ अंकले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा काराेबार रकम भने डेढ अर्ब नाघेको छ ।
स्टकका अनुसार कुल १ सय ७७ कम्पनीका ४७ लाख ४८ हजार ८ सय २९ कित्ता सेयर १ अर्ब ६१ करोड १७ लाख १९ हजार २ सय ३ रुपैयाँमा खरिद–बिक्री भए । काराेबार भएका १२ मध्ये ५ उपसमूहको सेयर मात्र बढेको छ ।
आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको सेयर बढेको छ । निर्जीवन बीमा ५९.२७ अंकले बढ्दा जलविद्युत् ४८.४४, विकास बैंक ३०.५८, अन्य ०.४४ र सामूहिक लगानी कोषको सेयर ०.०६ अंकले बढेको छ ।
यसैगरी सबैभन्दा बढी जीवन बीमा उपसमूहको सेयर ४२.८ अंकले ओरालो लागेको छ । होटल १७.०१ अंकले घट्दा लघुवित्त ७.७५, बैंक ३.३६, उत्पादन ३.१३, व्यापार २.३८ र वित्त ०.७९ अंकले घटेको छ ।
काराेबार रकमका आधारमा नेको इन्सुरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ६ करोड ५६ लाख ६० हजार ४ सय ८१ रुपैयाँमा खरिद–बिक्री भयो । यस्तै ग्लोबल आइएमई बैंकको ५ करोड १ लाख ९१ हजार ८ सय २४, नेपाल इन्सुरेन्स कम्पनीको ४ करोड ९९ लाख २० हजार ३ सय ६६, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ४ करोड ८१ लाख ५० हजार ५ सय ८३, प्रभु बैंकको ४ करोड १९ लाख १८ हजार ५ सय ७२ र ग्रामीण विकास बैंकको सेयर ४ करोड ८ लाख ३ हजार ७ सय १५ मा खरिद–बिक्री भयो ।
बढेको बजारमा सबैभन्दा बढी मल्टिपर्पोज फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा बढी ५.२२ प्रतिशतले गुमाए । यस्तै युनियन हाइड्रोपावर ३.५०, समृद्धि फाइनान्स कम्पनी २.८८, गुडविल फाइनान्स कम्पनी २.७३, विजय लघुवित्त वित्तीय संस्था २.६०, पोखरा फाइनान्स २.४८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले २.४७ प्रतिशतले गुमाए ।
ग्रामीण विकास बैंकका लगानीकर्ताले ९.३६ प्रतिशतले कमाउँदा नेसनल हाइड्रोपावर कम्पनी ९.२६, छ्याङ्दी हाइड्रोपावर ९.०९, रसुवागढी हाइड्रोपावर ८.५४, सानिमा माई हाइड्रोपावर ८.५० र चिलिमे हाइड्रोपावरका सेयरधनीले ७.७८ प्रतिशतले कमाए । रासस
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६