काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २१.२६ ले बढेर १ हजार ३४६.६४ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९९ विन्दुले बढेर २८६.७५ मा पुगेको छ ।
नेप्सेले उकालो यात्रा तय गर्दा कारोबार रकम भने २ अर्ब माथि नाघेको छ । कुल १ सय ७५ कम्पनीका ५३ लाख ४६ हजार ५ सय ८ कित्ता सेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७ सय ९९ रुपैयाँ खरिदबिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आज २ उपसमूहको सेयर ओरालो लाग्दा १० उपसमूहको सेयर भने बढेको छ । व्यापार ०.६२ र जीवन बीमा १.०९ले घटेको छ ।
यस्तै बैंकिङ २७.०४, होटल ८.६६, विकास बैंक २८.३२, जलविद्युत् ३.०९, वित्त ४.१८, निर्वीवन बीमा १ सय १.५२, उत्पादन ४७.७८, अन्य ३.१६, लघुवित्त २२.१३ र सामूहिक लगानी कोष ०.०७ ले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा आज सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १० करोड ११ लाख ४ हजार ९ सय ६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।
यस्तै, गरिमा विकास लघुवित्त ९ करोड ४८ लाख ५८ हजार ३ सय ३०, एनआइसी एसिया बैंक ६ करोड २९ लाख ९५ हजार ६ सय ८९, प्रभु बैंक ६ करोड १९ लाख ९८ हजार १ सय ३५, हिमालयन डिस्टिलरी ६ करोड १४ लाख ५५ हजार २ सय २३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५ लाख ४७ हजार ८ सय ६७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आज गरिमा विकास लघुवित्त ९.९३, नयाँ नेपाल लघुवित्त ९.८९, मिथिला लघुवित्त वित्तीय संस्था ९.८८, ग्लोबल आइएमई समुन्नत स्किम एक ८.८८, खानीखोला हाइड्रोपावर ७.१४ र कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले ७.०९ प्रतिशतले कमाए । त्यस्तै सिनर्जी पावर ४.७१, समता माइक्रोफाइनान्स ४.६३, अरुण काबेली ४, रिडी हाइड्रोपावर ३.७९, गुह्यश्वरी मर्चेन्ट बैंक ३.५९ र युनाइटेड फाइनान्सका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६