काँकडभिट्टा । वैदेशिक रोजगारको प्रलोभन देखाई दलालले भारततर्फ लैजाँदा गरेका २ युवतीलाई प्रहरीले काँकडभिट्टा नाकाबाट उद्धार गरेको छ ।
युवतीलाई भारत लैजाँदै गरेको आरोपमा प्रहरीले १ युवकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा तामाकोसी गाउँपालिका-४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
सुदीपलाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
सुदीपले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया दुई युवतीलाई भारतमा २२ हजारको जागिर लगाई दिने प्रलोभन देखाई लैजाँदा गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट पक्राउ गरिएको हो।
युवतीलाई साना हातहरु नेपाल नामक संस्था र प्रहरीले संयुक्तरुपमा उद्धार गरेका हुन्। उद्धार गरिएका युवतीलाई सस्थाको संरक्षण गृहमा राखिएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६