काठमाडौँ । धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ ।
लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अंकले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर १ हजार ३ सय २५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २ सय ८१.७६ मा पुगेको छ ।
नेप्से उकालो लाग्दा काराेबार रकममा समेत उच्च अंकको वृद्धि भएको छ । कुल १ सय ७८ कम्पनीका ४६ लाख २ हजार १ सय १ कित्ता सेयर १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ मूल्यमा खरिदबिक्री भए ।
नेप्सेका अनुसार काराेबार भएका कुल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको सेयर उकालो लागेको छ । व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २ सय २४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १ सय ६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार आज काराेबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको ११ करोड ३६ लाख १९ हजार १ सय ४७ बराबरको काराेबार भयो ।
यस्तै प्राइम लाइफ ७ करोड २० लाख १४ हजार २ सय १८, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ९३ लाख २४ हजार ९ सय ४३, एसियन लाइफ ६ करोड ८१ लाख ३ हजार ३ सय २०, नेसनल लाइफ ६ करोड ६८ लाख १५ हजार २ सय ३१, प्रभु बैंक ५ करोड ६६ लाख १२ हजार ९ सय ४९ र गुराँस लाइफ ५ करोड ६० लाख ९५ हजार ४ सय ७७ रुपैयाँ मूल्यमा खरिदबिक्री भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार एभरेस्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ७.२४ प्रतिशतले कमाए ।
त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका सेयरधनीले २.८५ प्रतिशतले गुमाए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६